spot_img

ताजा अपडेट

भोटेकोशी बाडीको प्रताडनाः मधेशका १७३ जना सम्पर्क बिहीन

आठ जिल्लाका ३३ मात्र सम्पर्कमा
काबिल सम्वाददाता
     वीरगन्ज 
भोटेकोशी बाढीको प्रताडनामा मधेश प्रदेशको ८ जिल्लाका १ सय ७३ जना अझै सम्पर्क बिहीन रहेका छन् । कुल २ सय ८ जनाको खोजीका लागि मधेश प्रदेशका प्रहरी कार्यालयहरुमा परेको निवेदन अनुसार अहिलेसम्म ३३ जना सम्पर्कमा आएका छन् । तर अन्यको हकमा भने खोजी कार्य भइरहेको छ । सम्पर्कमा आएका कुल हराइरहेका मध्ये साढे १५ प्रतिशत मात्र रहेको मधेश प्रहरी कार्यालयले जनाएको हो ।
रसुवाको भोटेकोशीमा आएको बाढी पछि यो प्रदेशका मानिस पनि सम्पर्क विहिन हुनेहरु मध्ये पर्साका ४२ जना, बाराका २३, रौतहटका १२, सर्लाहीका २१, महोत्तरीका १०, धनुषाका ७, सिरहाका १० र सप्तरीका ४८ जना रहेको मधेश प्रदेश प्रहरी कार्यालयका बरिष्ठ प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले काबिल खबरलाई बताए । आफन्त र सुरक्षाकर्मी कसैको पनि सम्पर्कमा आउन नसकी मृत्यु भएपछि पुष्टि हुनेको संख्या पनि आउन थालेको उनको भनाइ छ । सम्पर्क बिहिन भई मृत्यु हुने मध्ये सप्तरीका एक र बाराका १ गरी दुई जना रहेको पनि मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं बरिष्ठ प्रहरी उपरीक्षक ढकालले पुष्टि गरे ।
सम्पर्कमा आउने कुन जिल्लामा कति ?
बाढीपछि हराइरहेका मध्ये पर्साका ३, बाराका ३, रौतहटका ६ सर्लाहीका ३, महोत्तरीका ७, धनुषाका ७, सिरहाका २ र सप्तरीका २ गरी कुल ३३ जना रहेको स्थानीय प्रहरी कार्यालयले पुष्टि गरेका छन् । यो प्रदेशमा सबैभन्दा बढि पर्सा र सप्तरीबाट उक्त घटनामा मानिस हराइरहेको तथ्याँकले देखाएको छ । जसमा सप्तरीबाट ५१ जना र पर्साबाट ४५ जनाको खोजीका लागि निवेदन परेको थियो । पछि क्रमशः २ र ३ जना सम्पर्कमा आएको मधेश प्रहरी कार्यालयको तथ्याँकले पुष्टि गरेको हो ।
सम्पर्कमा को को आए पर्सामा  
रसुवाको भोटेकोशी ताण्डव प्रकरणमा हराइए पर्साका कुल ४५ जना मध्ये पर्साको पोखरीया नगरपालिका–५, सतवरियाका ओजिर अन्सारी (सुरक्षाकर्मी), वीरगञ्ज महानगरपालिका बस्दै ना ६ ख ४००३ को सवारी चालक स्थायी ठेगाना सर्लाही लालबन्दीका ज्ञानबहादुर थिङ र अर्का ना ५ ख ९१४९ नम्बरको सवारी चालक श्यामलाल मोक्तान रहेको पर्साका प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले बताए ।
सम्पर्क बिहिन भएको भनी पर्सा प्रहरीमा खोजीको लागि परेका निवेदन अनुसार यो जिल्लाका मात्र सर्फराज मिया, साहबुदिन मन्सुरी, सर्ताज मिया, समीम मिया, राहुल मिया, उमेशप्रसाद, वीरकिशोर कुमार, रामकरण कुमार, विनयकुमार साह, संजय साह सोनार, सुरज माझी, सागर कर्ण अझै सम्पर्क बाहिर रहेको पर्साका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक चक्रबहादुर मल्लले बताए । त्यसैगरी सुनिल मान डंगोल, रिजवान अंसारी, आरभ चौरसिया, आलोक चौरसिया, लक्की पटेल, आरवाज हवारी (स्थायी घर भारत) नरेश राय, नरेश राई, नग नारायण पटेल, सुबोध पटेल (स्थायी बारा), अरुण हजारा, श्यामबाबु ठाकुर, उकेश डंगोल (स्यायी हेटौडा), संजय तामाङ (स्थायी सिन्धुली), आकाश तामाङ (स्थायी मकवानपुर) कमरुल होदा अंसारी, सुभाष पटेल (स्थायी बारा), समिम देवान, अनुतम बहादुर श्रेष्ठ, अभिषेक बास्तोला (स्थायी हेटौडा), घनश्याम बास्तोला (स्थायी हेटौडा), दिनेश परियार (स्थायी बारा) पृथ्वी चौधरी, विकास कुमार वर्णवाल, सोनालाल पडित कुम्हार, शेष नसिम, बिशाल तिमिल्सिना, अबुसाद अंसारी, मुना अंसारी, निरज राम चमार, श्रीनिवास महतो धानुक (स्थायी बारा) लगायत ४२ जना अझै सम्पर्कमा नआएको उनको भनाइ छ ।
पहिचानका लागि परिवारका सदस्यको डिएनए संकलन सुरु
सम्पर्क बिहीन भई अझै फेला नपरेका परिवारका सदस्यहरुबाट पर्सामा २० जनाको डिएनए संकलन गरिसकिएको पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भट्टराईले जानकारी दिए । पिवत्मा परेर सम्पर्क बिहीन भई जिवित हुने झिनो आशा सहित सास या लासका लागि डिएनए पनि संकलन सुरु गरिएको पर्सा प्रहरीले जनाएको छ । अन्य जिल्लाहरुमा पनि आवश्यक गृहकार्य अगाडी बढाइरहेको मधेश प्रहरी कार्यालय जनकपुरको भनाइ छ ।
प्रतिक्रिया लेख्नुहोस्

सम्बन्धित खबर

ट्रेन्डीङ