spot_img

ताजा अपडेट

ज्ञानदामा नवआगन्तुक विद्यार्थीलाई भव्य स्वागत

काबिल सम्वाददाता
वीरगन्ज

पर्साको प्रतिष्ठित शैक्षिक संस्था ज्ञानदा एकेडेमीले कक्षा ११ का नवआगन्तुक छात्रछात्रालाई भव्य ‘स्वागत गरेको छ । ज्ञानदाको कक्षा १२ का विद्यार्थीको संयोजनमा यहाँ सभ्य र भव्य कार्यक्रम सम्पन्न भएको हो ।
दुई चरणमा सम्पन्न कार्यक्रम प्रेरणादायी, मनोरञ्जनात्मक र सौहार्दपूर्ण रहेको सहभागीहरुले बताए । संभ्रान्त संरचनामा संचालित ज्ञानदाको कार्यक्रम अन्यकोभन्दा नमूना हुने सहभागीहरुमध्ये नेपाल पत्रकार महासंघका पूर्व उपाध्यक्ष युवराज खड्काले तर्क गरे । अर्का पर्साका सकृय युवा पत्रकार आरोहण साहले पनि प्ररणादायी कार्यक्रम भएको तर्क गरे । अरु विद्यालयभन्दा वीरगन्जको प्रतिष्ठित शैक्षिक संस्था ज्ञानदाले गर्ने कार्यक्रम उदाहरणीय हुने प्लस वान टेलिभिजनका संचालक तथा पत्रकार सन्तोष पटेलले पनि बताए ।


सम्मान पहिलो शत्रमा

ज्ञानदा एकेडमीका सीईओ तथा प्रिन्सिपल राजेन्द्र प्रसाद कोइरालाको आगन्तुक सबैलाई स्वागत गर्दै विद्यार्थीहरुलाई समय बलवान हुने भएकोले युवा विद्यार्थीका लागि वर्तमान समय आफ्नो योग्यता, क्षमता बृद्धिका लागि निकै संयमित भएर लाग्नु पर्ने ओझपूर्ण र ऊर्जावान् भनाइ व्यक्त गरे । विद्यार्थीहरूलाई आफ्नो परिश्रम, अनुशासन र व्यवहारिक गुणलाई सदैब उच्च प्राथमिकतामा राख्न पर्ने कौशलपूर्ण भनाइ व्यक्त गर्दै उनले सहभागी सबैको प्रशंसा बटल्न भ्याए ।
ज्ञानदा एकेडमीको कक्षा १२ मा विज्ञान, व्यवस्थापन र कानुन संकायका कक्षा सर्वोत्कृष्ट छात्रछात्रालाई प्रशंसा–पत्र र नगद सहित सम्मान पनि गरिएको छ । कक्षा १२ का विद्यार्थीद्वय रिजा श्रेष्ठ र सञ्जना चौरसियाले सहजीकरण गरेको कार्यक्रममा शिक्षा क्षेत्रमा योगदान पु¥याउने भन्दै ज्ञानदा एकेडमीले कार्यक्रममा सहभागी एक दर्जन पत्रकारहरुलाई पनि मायाको चिनो सहित कदर गरेको छ ।


वीरगन्जको वैभव संरचनामा संचालित ज्ञानदा एकेडमीले कार्यक्रममा उपस्थिति सम्पूर्ण प्राध्यापक, प्रशासनिक कर्मचारी, उत्कृष्ट विद्यार्थी तथा विशिष्ट सञ्चारकर्मीहरूलाई मायाको चिनो प्रदान गर्दै कार्यक्रमलाई नै सुशोभित बनाएको थियो । कार्यक्रम संयोजक वासिम हुसेनले धन्यवाद ज्ञापन गरेको कार्यक्रम समापन पछि दोस्रो सत्र रोमाञ्चक वितेको पनि विद्यालयले जनाएको छ ।
दोस्रो शत्र मनोरञ्जनात्मक
अनौपचारिक सत्रका रुपमा भएको दोस्रो शत्रको कार्यक्रममा विद्यार्थीहरूले आफू भित्रको विविध प्रतिभा प्रस्तुत गर्दै वातावरणलाई मनोरञ्जनात्मक बनाएका थिए । पहिलो औपचारिक भएकोले अनुशासित विद्यार्थीहरु दोस्रो शत्रमा अझ सशक्त र आकर्षक रुपमा प्रस्तुत भए । गीत, मनमोहक नृत्य तथा विविध सिर्जनात्मक प्रस्तुतिले ज्ञानदाको सभाकक्ष छोटो समयमा पनि उल्लासमय बनेको सहभागीहरुको भनाइ छ । वीरगन्जमा नमूना विद्यालयका रुपमा मानिने यो विद्यालयमा पहिले उच्च घरानाका बालबालिका मात्र बढि अध्ययनरत छन् भन्ने भाष्य पछिल्लो समय तोडिदै गएको पनि सहभागीहरुको तर्क छ ।

प्रतिक्रिया लेख्नुहोस्

सम्बन्धित खबर

ट्रेन्डीङ