spot_img

ताजा अपडेट

विद्यार्थीलाई अनुशासित बनाउन पदीय जिम्मेवारी

काबिल सम्वाददाता
वीरगन्ज
वीरगन्जको मदरल्याण्ड माध्यमिक विद्यालय (मा.वि.) ले विद्यार्थीलाई अनुशासित, नैतिकवान र योग्य बनाउन पद सहित जिम्मेवारी प्रदान गरेको छ । विद्यालय परिषरमा नै बिशेष कार्यक्रम गरी लामो इतिहास बोकेको पर्सा वीरगन्जको नीजि विद्यालय मदरल्याण्ड मा.वि.ले बुधबार विद्यार्थीहरुलाई नै पद र जिम्मेवारी प्रदान गरेको हो ।
पछिल्लो सयम आफ्नो काम, कर्तव्य र अनुशासनभन्दा पनि अरुको गल्ती कमजोरी देखाउने मात्र प्रवृति हावी भइरहेको समयमा मदरल्याण्ड मा.वि.ले युवा विद्यार्थीहरुलाई आफै पनि जिम्मेवार र अनुशासित बन्नु पर्छ भनी जिम्मेवार पनाउन पद प्रदान गरेको विद्यालयले जनाएको छ । वर्तमानमा युवा विद्यार्थी माथि सोझिने प्रश्नलाई पनि यस्ता गतिविधिले केही निस्तेज पार्न सुरुवात हुने ठानी आफ्नो ठाउँबाटै मदरल्याण्ड मा.वि.ले विद्यार्थीलाई नै जिम्मेवारी प्रदान गर्दै आफू र समूहगत रुपमा सुधारात्मक कार्य गर्न प्रेरित गरेको विद्यालयका संस्थापक तथा प्रिन्सिपल डा.नन्दन यादवले बताए ।


कक्षा कोठा र विद्यालयमा रहँदा बस्दा विद्यार्थीले आफू र समूहगत रुपमा कसरी रहने बस्ने र शिक्षक, शिक्षिकासँग सहाकार्यात्मक भावना कसरी अगाडी बढाउने जस्ता कुरामा विद्यार्थीमा पनि डर–त्रासको वातावरण नरहोस् भनी विगतलाई पनि मनन् गर्दै प्रत्येक कक्षा, कलर समूह र विद्यालयको पनि महत्वपूर्ण जिम्मेवारीमा विद्यार्थीहरुलाई अगाडी बढाइएको डा.यादवको तर्क छ ।
विद्यालयको समग्र नेतृत्वमा छात्र र छात्राबाट ल्याउन समग्र विद्यार्थीबाट भोटिङ्ग नै गराई व्याई हेड र गल्र्स हेड पनि चयन गरिएको विद्यालयले जनाएको छ । कक्षाहरुमा पनि मनिटर, सहायक मनिटर राख्ने र कलर समूहको पनि नेतृत्वमा विद्यार्थीहरु मध्येबाटै एक जनालाई जिम्मेवारी प्रदान गरिएको विद्यालयले प्रष्ट पारेको छ ।
पद र जिम्मेवारी पाउने विद्यार्थीहरुलाई प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य तथा राजधानी दैनिकका मधेश व्यूरो प्रमुख तुलसी भण्डारी, नेशनल प्याव्सनका जिल्ला अध्यक्ष राम कुमार श्रेष्ठ, नेशनल प्याब्सन जिल्ला सचिव प्रमोद सहनी, वीरगन्ज महानगर अध्यक्ष सोनालाल पटेललगायतले शुभकामना दिंदै मदरल्याण्ड मा.वि.ले गरेको कामको प्रशंसा गरे । उनीहरुले सबै विद्यालयले सानो कक्षाबाट विद्यार्थीहरुलाई अनुशासन सिकाउने र जिम्मेवारी पनि प्रदान गर्दै अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरुलाई केन्द्रित गरी आन्तरिक क्षमता प्रवद्र्धन गराउनु सकारात्मक कदम रहेको उनीहरुको तर्क छ । अन्य विद्यालयहरुले पनि राम्रा कामको थालनी आफैभित्रबाट पनि गर्न सकिने अतिथिहरुको सुझाव छ । उनीहरुले मदरल्याण्डका जिम्मेवार प्राप्त विद्यार्थीहरुलाई व्याच, झण्डा र लोगो प्रदान गरेका छन् ।


विद्यालयका शिक्षक काशिम अन्सारीले सहजीकरण गरेको कार्यक्रममा अभिभावकहरु सम्सुद हवारी ,सुनिल साह, संतोष पण्डितलगायतको पनि सकृय सहभागिता रहेको थियो । विद्यालयका संस्थापक तथा प्रिन्सिपल डा यादवको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका शिक्षक, शिक्षिका र विद्यार्थीहरुको पनि सकृय उपस्थिति रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

सम्बन्धित खबर

ट्रेन्डीङ